कोरोना अपडेटः संक्रमित ३४ हजार ४१८, निधन १७५, डिस्चार्ज १९ हजार ५०४

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, काठमाडौँमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जना संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई जना महिलाको मृत्यु भएको हो।

बाराका ४१ र ४६ वर्षीय पुरुष गरी दुईजना, कैलालीका ४५ र ५० वर्षीय पुरुष गरी दुई जना, महाेत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष गरी तीन जना, बाँकेका ३७ वर्षीय पुरुष, काठमाण्डौका ५१ वर्षीय पुरुष, मोरङकी ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या  १९ हजार ५ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ ।

Leave A Reply

Your email address will not be published.