नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भदौ १३ गते बस्ने निधो गरेको हो ।

सचिवालय बैठकमा हालै कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । कार्यदलको प्रतिवेदनमा पार्टीको आन्तरिक विवाद समाधानको लागि सुझाव र सल्लाह समेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.