नेकपा कार्यदलको प्रतिवेदनः सरकार र पार्टी सञ्चालनको विधि देखि महाधिवेशनसम्मको सुझाव

0

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको खाका तयार गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई कार्यदलले बालुवाटारमा प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रतिवेदन सर्वसम्मतिले तयार गरेको र बुझाइएको जानकारी दिएका छन् । कार्यदलका संयोजक नेकपा महासचिव विष्णु पौडेल, सदस्यहरु भीम रावल, शंकर पोखरेल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुषाल प्रतिवेदन बुझाउने कार्यक्रममा सहभागी थिए ।

कार्यदलले पार्टीलाई संस्थागत र पद्धति अनुसार सञ्चालन गर्नुपर्ने सुझाव दिइएको बुझिएको छ । पार्टीलाई एकतावद्ध बनाउँदै लैजान गर्नुपर्ने कार्यहरु पनि सुझावमा रहेको बताइएको छ ।

विश्वस्त स्रोतका अनुसार महाधिवेशनको तयारी र सरकार सञ्चालनमा नयाँ ढंगले बढ्न समेत कार्यदलको सुझावको बुँदामा उल्लेख छ । कार्यदलले प्रधानमन्त्री केप शर्मा ओलीको पूरा कार्यकाल र पार्टी सञ्चालनको विधिबारे पनि सुझाव दिइएको बुझिएको छ ।

नेकपा विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनबाट जोगाउन ३० साउनमा महासचिव पौडेलको संयोजकत्वमा छ सदस्यीय कमिटी गठन भएको थियो ।

Leave A Reply

Your email address will not be published.