कोरोना अपडेटः संक्रमित ३१ हजार ११७, निधन १४६, डिस्चार्ज १८ हजार ३५०

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेकाे छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, झापाका १७, भोजपुरका ३, मोरङका ५२, संखुवासभाका १, सुनसरीका ३१, धनुषाका ३, पर्साका ५९, बाराका १०, महोत्तरीका १, रौतहटका २, सप्तरीका १, सिराहाका ३५, काठमाडौँका १६०, काभ्रेका ३, चितवनका २७, दोलखाका ४, धादिङका २ र नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका ५०, मकवानपुरका ३२, ललितपुरका ६, सिन्धुलीका १, कास्कीका १६, तनहुँका २, नवलपरासी पूर्वका ३, बागलुङका १, स्याङ्जाका १, कपिलवस्तुका १५, नवलपरासी पश्चिमका ३, पाल्पाका २, प्यूठानका १, बर्दियाका ७, बाँकेका २८, रुपन्देहीका २३, रोल्पाका १, जुम्लाका २, सुर्खेतका २, कैलालीका १४, डडेल्धुराका १ र डोटीका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave A Reply

Your email address will not be published.