कोरोना अपडेट: संक्रमित ३० हजार नाघ्‍यो, निधन १३७, डिस्चार्ज १८ हजार २१४

0

काठमाण्डौ – नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या १३७ पुगेको छ ।

यस्तै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ भने शुक्रबार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९, धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिराहामा १६, चितवनका २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, सिन्धुलीमा ८ र कास्कीमा १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै नवलपरासीमा १९, बागलुङमा ३, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १ जना रहेका छन् ।

यस्तै कालिकोटमा १, पर्वतमा १, मनाङमा २, जुम्लामा ५३, दैलेखमा १, रुकुममा ३, अछाममा ३८, कञ्चनपुरमा १४, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, बागमती प्रदेशमा ३ हजार १ सय ६० र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन ।

यस्तै आज देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ भने आज मात्रै ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन ।

२ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जना संक्रमित थपिएका छन् भने शुक्रबार काठमाडौं १ सय ४२, भत्तपुर १५ र ललितपुर २५ जना संक्रमित भेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.