लिपुलेकमा चीनको मिसाइल ! भारतको ठूलो क्षेत्रमा मार हान्न सक्छ

0

काठमाण्डौ – भारतको नेपाल र चीन दुवैसँग सीमा विवाद चलिरहेको छ । पछिल्लो समय यो विवाद चर्किएको छ । यही समयमा चीनले नेपाल–भारत र आफ्नो त्रिदेशीय सीमा क्षेत्रमा मिसाइल जडान गर्दैछ । यी मिसाइलले जमिनबाट हावामा मार हान्न सक्छन् । चीनले लिपुलेकमा मानसरोवर तालको किनारामा मिसाइल तैनाथ गर्नको लागि साइटको निर्माण गरिरहेको छ ।

लिपुलेकका विषयमा अहिले नेपाल र भारतबीच तनाव छ । यही समयमा चीनको यस क्षेत्रमा सक्रियता बढेको छ । द प्रिन्टको रिपोर्टअनुसार ट्वीटरमा ओपन सोर्स इन्टेलिजेन्स डिट्रेस्फाले एउटा स्याटेलाइट इमेज पोस्ट गरेको छ । यो तस्वीरमा चीनले निर्माण गरिरहेको मिसाइल साइट देखिएको छ ।डिट्रस्फाका अनुसार यहाँ चीनले सैनिकको तैनाथी पनि बढाएको छ । अहिलेसम्म यहाँ कस्तो किसिमको मिसाइल तैनाथ गरिन्छ भन्ने निश्चित छैन यद्यपि अधिकांश मिसाइलले यहाँबाट भारतको ठूलो क्षेत्रमा मार हान्न सक्ने क्षमता राख्छन् । नेपालको समेत ठूलो क्षेत्र यसको पहुँचभित्र पर्छ ।

Leave A Reply

Your email address will not be published.