शशांक, विमलेन्द्र र प्रकाशमानबीच मिलेर अघि बढ्ने सहमति

0

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुने भनिएको छ । कोरोना संक्रमणको कारण तोकिएकै मितिमा महाधिवेशन हुन्छ वा हुँदैन भन्ने कुरा यकिन छैन् । तर, नेताहरु आगामी महाधिवेशनलाई केन्द्रविन्दुमा राखेर दौडधुपमा जुटेका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई अभिभावकको भूमिकामा रहन सभापतिका आकांक्षी नेताहरुले आग्रह गरिरहेका छन् ।

१४औं महाधिवेशनमा नेतृत्वमा क कसको बीचमा रस्साकस्सी पर्छ ? भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन् । तर, वर्तमान सभापति देउवा आफैं नेतृत्वमा आउनेगरि तयारीमा जुटेका छन् । हुन त उनकै समूहका नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि यो पटक आफूहरु सभापतिमा उठ्ने भनेर दाबी गरिरहेका छन् ।

उता, वरिष्ठ नेता पौडेल समूहबाट पनि सहमतिमै सभापतिको उम्मेद्धवार चयन गरिने नेताहरुले जनाएका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले आफू नेतृत्वमा आउने कुरा सार्वजनिक रूपमा उल्लेख गरेका थिए। उनले आफ्नो समूहका नेताहरु यतिवेला आन्तरिक छलफलमा रहेकोले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने दाबी गरेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाले पनि आफू सभापतिमा लड्ने बताउँदै सोहीअनुसार तयारी थालेका छन् । कोइराला, निधि र सिंह तीनै जना नेताबीच मंगलबार शशांकको निवासमा करिब दुई घण्टा छलफल भएको बुझिएको छ । उक्त छलफलमा तीनै जना नेताहरुले मिलेर जाने मोटामोटी समझदारी बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.