गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब नचलेपछि प्रयोगकर्ता रुष्ट

0

एजेन्सी – विश्‍वको सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।

गुगलको सर्भर डाउन भएपछि तीमध्‍ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्‍युबमा देखिएको छ।

गुगलको सर्भर डाउन भएपछि प्रयोगकर्ताहरुले धेरै गुनासाहरु गरेका छन्।सबैभन्दा धेरै गुगल ड्राइभमा फाइल अट्याच भइरहेको छैन भने युट्‍युबमा भिडियो अपलोड गर्नमा समस्याहरु देखिएका छन्।

जीमेल, ड्राइभ र युट्युबका साथै गुगल मीट, गुगल भ्वाइस तथा गुगल डक्समा समेत समस्‍या आएको छ।

इन्टरनेटमाथि निगरानी गर्ने डाउनडिटेक्टर बेवसाइटका अनुसार जीमेलमा २० अगस्टको विहान ९ बजे उक्त समस्या आएको हो।

यसका साथै सबैभन्दा धेरै ६२ प्रतिशत फाइल अट्‍याचमेन्ट, २७ प्रतिशत लगइन र १० प्रतिशत म्‍यासेज सिरिभ भइरहेको छैन।

यसका साथै युट्‍युबमा पनि १९ अगस्टदेखि नै समस्‍या देखाइएको थियो। जसमा अपलोडिङको समस्‍या ५१ प्रतिशत, भिडियो हेर्ने सम्बन्धि ४२ प्रतिशत र वेबसाइट नखुल्‍ने समस्‍या २४ प्रतिशत रहेको छ।

यस्तै गुगलमा सबैभन्दा धेरै ८४ प्रतिशत समस्या लग इनमा देखिएको छ भने गुगल ड्राइभमा ७६ प्रतिशत फाइल अपलोड नहुने समस्‍या रहेको उल्लेख गरिएको छ।

जीमेल वा ड्राइभमा कुनै फाइल अट्‍याचमेन्ट गरेमा पटक-पटक जम्‍प हुने र पुन: त्‍यही अट्‍याचमेन्ट भइरहेको देखाइरहने समस्‍या दोहोरिन्छ।गत महिना पनि जीमेलमा समस्‍या आएको थियो।

विश्‍वभर जीमेलको १ अर्ब ५० करोड प्रयोगकर्ता


स्टाटिकाको रिपोर्टका अनुसार विश्‍वभरमा जीमेलको प्रयोगकर्ता १५० करोड प्रयोगकर्ताहरु रहेका छन्। तीमध्‍ये ३२ करोड प्रयोगकर्ता भारतमा रहेका छन्। विश्‍वभरमा करीब २ सय करोड प्रयोगकर्ताहरु रहेका छन्।

Leave A Reply

Your email address will not be published.