प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

0

काठमाण्डौ – कर्मचारीहरुलाई कार्यालयसम्म पुग्न प्रहरीले रोकेपछि बिहीबार उपत्यकाका बैंकहरु बन्द भएका छन् ।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि कर्मचारीलाई प्रहरीले बाटोमै रोक्न थालेपछि बैंकर्स संघले कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशानस कार्यालयले बैंकलाई पनि अत्याआवश्यक सेवा अन्तरगत राखेर कर्मचारीलाई हिँडडुल गर्न दिन सूचना बुधबार जारी गरे पनि बिहीबार बिहानैदेखि सूचनालाई बेवास्ता गर्दै प्रहरीले धरपकड गरेको हो ।

धरपकडपछि बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। बैंकका केन्द्रिय कार्यालय भने खुला रहेन जानाइएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालयहरुले अत्याआवश्यकीय सेवाहरु भने बन्द नहुने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.