राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

0

काठमाण्डौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ ।

परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो ।

उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.