कोरोना अपडेट: संक्रमित २८ हजार नाघ्‍यो, निधन ११४, संक्रमणमुक्त १७ हजार ५८०

0

काठमाण्डौ – नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ भने ११४ जनाको ज्‍यान गएको छ।

यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्‍या १७ हजार ५ सय ८० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्।

साथै काठमाण्डौ उपत्‍यकामा मात्रै काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २१, खोटाङका १, मोरङका १०८, ओखलढुङ्गाका १, पाँचथरका १, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १२८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १०७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौँका १३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका ४, स्याङ्जाका १, तनहुँका २, बाँकेका ६, बर्दियाका ९, दाङका १, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रुपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ८५ जना संक्रमित डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन्।

Leave A Reply

Your email address will not be published.