अछाममा बाढीको बितण्डाः १७ जना बेपत्ता, ३० वटा पसल बगे

0

अछाम – अछाम को कैलाशखोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भएका छन् । १७ मध्ये ६ जनाको शव फेला परेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले प्रदेश सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने तयारी भइरहेको जानकारी दिए ।क्षति पु¥याएको छ ।

Leave A Reply

Your email address will not be published.