एसईईको नतिजा प्रकाशित

0

काठमाण्डौ – एसईईको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको नतिजा प्रकाशित गरेको हो ।

कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

बाोर्ड परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणित गरेको हो ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो । बोर्डले चैत ६ गतेको लागि एसईईको तालिका सार्वजनिक गरेको थियो ।

Leave A Reply

Your email address will not be published.