मन्त्रिपरिषद बैठक बस्दै, १५ दिनको लागि ‘अघोषित’ लकडाउन घोषणा हुँदै

0

काठमाण्डौ – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को जोखिम बढेको ठहर गर्दै सरकारले कम्तीमा १५ दिनको लागि ‘अघोषित’ लकडाउनको गर्ने तयारी गरेको छ ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे ठोस निर्णय गर्ने जनाइएको छ । आइतबार साँझ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले समेत अन्तर जिल्ला यातायात सञ्चालन तथा आन्तरिक एंव बाह्य हवाई उडान तत्काल सुचारु गर्न नहुने निष्कर्ष निकालेको थियो ।

लकडाउन अन्त्य गर्दै सरकारले स्वास्थ प्रोटोकल पालना गर्न नागरिकलाई आग्रह गरेपनि नागरिक स्तरबाट स्वास्थ प्रोटिकलको पालना नगरेकोले स्वास्थ जोखिम बढेको निष्कर्ष निकाल्दै ‘अघोषित’ लकडाउन गर्ने तयारी अगाडि बढाएको हो ।

कोरोना भाइरसकामका संक्रमितको संख्या निरन्तर बढिरहेको, मृतकको संख्या बढ्नुका साथै उच्च पदस्थ अधिकारीका सुरक्षा गार्ड, सांसद र प्रादेशिक तहका मन्त्रीहरु समेत कोरोनाको चपेटामा परेपछि सरकारले यस्तो कदम चाल्न लागेको सीसीएमसीका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए ।

कोरोना संक्रमणको अवस्था लगातार बढेपनि विविध कारणले यसअघि जस्तो देशव्यापी लकडाउन भने नहुने ती मन्त्रीको भनाइ छ । लकडाउन नभनिएपनि स्वरुपमा भने लकडाउन सो सरह हुने समेत जनाइएको छ ।

आगामी भदौ १ गतेबाट लागू हुने ‘अघोषित’ लकडाउनमा होटेल, रेष्टुरा पूर्ण रूपमा बन्द हुनेछन् भने अत्यावश्यक सरकारी तथा निजि कम्पनीहरुमा ५० प्रतिशत जनशक्तिलाई कटौती गरेर सेवा सञ्चालन गर्न भने पाइनेछ । निजि तथा सार्वजनिक सवारी जोर बिजोर प्रणाली अन्तरगत नै जिल्लाभर सञ्चालन गर्न सकिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.