काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ९२ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार५ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ११ हजार ३८ रहेको डा. गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या ७५ पुगेको छ ।