बाबुराम भट्टराई पार्टी बरियताको चौथो नम्बरमा

0

काठमाण्डौ – पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै परेका छन् ।

केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उनको बरियताको विषयमा कुरा उठेपनि निर्णय हुन भने सकिरहेको छैन । पार्टीका नेता मनिष सुमनले बैठकमा बरियताका विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।

एक टेलिभिजन संगको अन्र्तवार्तामा उनले पुर्वप्रधानमन्त्री भट्टराई आफ्नो पार्टीको शिर्ष नेता भएकाले बरियताको विषयमा समस्याको रुपमा नरहेको जिकिर गरे । नेता सुमनले पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई पछि डा बाबुराम भट्टराईको बरियता तय गरिएको बताएका छन् ।

यसअघि पार्टी दर्ता गर्नेक्रममै उहाँलाई चौथो बरियतामा राखेर दर्ता गरिएको थियो । “पार्टीको बैठकमा धेरै विषयमा छलफल भएका छन्, तर विवाद नै भएको भने होईन, नेताहरुले हामीलार्य प्रशिक्षीत गर्नुभएको छ, उनले भने ।

बैकठमा बोल्ने क्रममा नसकिएकाले बैठक आजै सकिने वा भोलीसम्म लम्बिने भन्ने एकिन भइनसकेको पनि उनको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.