एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

0

भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको नजिकैको अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो । चालक दलका सदस्यसहित १९१ जना रहेको बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । एजेन्सी

Leave A Reply

Your email address will not be published.