वीरगञ्जमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

0

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ सय ३३ जना छन् भने बारा जिल्लाका ४ र रौतहटका ४ जना रहेका छन् ।

प्रहरी र जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु गरि ४४ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाका ५ जना, वीरगञ्ज कारागारका २ जना, तराई अस्पतालका १, पशु अस्पतालका १, नेशनल मेडिकल कलेजका १ जनामा संक्रमण भएको पाइएको छ ।

वीरगञ्ज २५ सिर्सिया टोलमा मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको छ। पर्साको पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २१ जना महिला र १ सय २० जना पुरुषहरु छन् ।

Leave A Reply

Your email address will not be published.