श्रीलंकामा संसदीय चुनावः महिन्दा राजापाक्षको पार्टीको ठूलो जित

0

काठमाण्डौ – श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका छन् ।

उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका निर्वाह गरेका थिए ।

श्रीलंकाको आम निर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएसपीपी)ले दुई तिहाई बहुमतका साथ जित हासिल गरेको छ ।

पार्टीले कुल २२५ मध्ये १४५ सिट जितेको छ । साथै पाँच सिट श्रीलंका पिपुल्स फ्रन्टको सहयोगी पार्टीले जितेको छ ।

श्रीलंकामा एसएलपीपीले ९ महिना पहिले राष्ट्रपति चुनाव जितेको थियो र गोटब्या राजापाक्षले नोभेम्बर १८ मा राष्ट्रपति पदको शपथ लिएका थिए ।

श्रीलंकामा बुधबार मदतान भएको थियो । बिहीबार सुरु भएको मतगणनाको कार्य शुक्रबार बिहान आधिकारिक रुपमा सार्वजनिक भएको छ ।

बितेका दुई दशकदेखि श्रीलंकाको राजनीतिमा विवादित राजापाक्ष परिवारको दबदबा रहँदै आएको छ । महिन्दा राजापाक्ष यसभन्दा अघि सन २००५ देखि २०१५ सम्म श्रीलंकाका प्रधानमन्त्री रहेका थिए ।

Leave A Reply

Your email address will not be published.