वामदेव भेट्न भैंसेपाटी पुगे अध्यक्ष प्रचण्ड

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न भैंसेपाटी पुगेका छन् ।

आजको भेटमा प्रधानमन्त्रीले स्थायी कमिटी बैठक टारेर केन्द्रीय कमिटी बैठक बोलाउन गरेको प्रस्तावबारे छलफल हुने स्रोतले जानकारी दियो । आज अध्यक्ष प्रचण्ड र प्रधानन्त्री ओलीबीच बालुवाटारमा निर्णायक वार्ता हुँदैछ ।

केही समय अघि अध्यक्ष प्रचण्ड निकट रहेका उपाध्यक्ष गौतम पछिल्लो समय प्रधानमन्त्रीसँग नजिकिएको टिप्पणी हुन थालेको छ ।

यसअघि नेकपाभित्रको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव ल्याएका उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओली ५ वर्ष नै सरकार प्रमुख हुने र अध्यक्ष प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने बताएका थिए । उनले पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि बताएका थिए ।

‘प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रि तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गनूपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कर्याान्वयन गर्ने’, उनले भनेका थिए ।

त्यस्तै उपाध्यक्ष गौतमले प्रधानमन्त्रीबाट धोका पाइरहे पनि पार्टीलाई फूटबाट जोगाउन आफूले ६ बुँदे प्रस्ताव ल्याएको बताएका थिए ।

‘केपी ओलीलाई साथ दिएर धोका पाइरहें । अहिले पार्टी एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव ल्याएको कुरा अध्यक्षद्वय केपी र प्रचण्डले स्वीकार गर्नु भएन’, गौतमले भनेका थिए , ‘अन्य सदस्यहरुले पनि स्वीकार गर्नुभएजस्तो लागेन । पार्टी एकता जोगाउन उर्पयुक्त ठानेर उक्त प्रस्ताव अघि सारेको थिएँ ।’

Leave A Reply

Your email address will not be published.