कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू

0

काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणको मापदण्ड घटाएको छ । मन्त्रालयले झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गर्नै उल्लेख गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनअनुसार विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेका, आइसियुमा रहेका बिरामी र ६० वर्ष उमेर पार गरेका बिरामीहरुको कोरोना परीक्षण गरिनेछ ।

त्यस्तै झाडापखालाका विरामी, ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउनेहरुको कोरोना परीक्षण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका गम्भीर श्वासप्रश्वासजन्य समस्या भएका, विदेशबाट आएका, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारी, विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरूले पनि कोरोना परीक्षण गराउनुपर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.