प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड र झलनाथ खनाल

0

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवाद समाधानका लागि आइतबार बिहान अध्यक्ष प्रचण्ड र नेता खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो । मंगलबार अनिश्चिलकालका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक बारे छलफल हुने स्रोतले जानकारी दियो ।

Leave A Reply

Your email address will not be published.