उपसचिव प्रेम सञ्जेल आफ्नै कार्यकक्षमा कुटिए

0

विराटनगर – भ्रष्टाचार विरोधी अभियान्ता प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेल विराटनगरस्थित आफ्नै कार्यकक्षमा कुटिएका हुन् ।

उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्रा भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको हो । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.