प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद

0

काठमाडौँ – काठमाडौँमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको प्रहरी श्रोतले बताएको छ।

बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षण हुन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल तयार पारेको, तस्कर भगाउन सहयोग गरेको लगायतका आरोप लागेका छन्।

यसबारे एसएसपी नेतृत्वको प्रहरीको छानबिन समितिले अध्ययन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.