कोरोनाको निशानामा चिकित्सकः वीरगञ्जका तीन डाक्टरसहित ४४ जनामा संक्रमण

0

वीरगञ्ज – तीनजना चिकित्सकसहित पर्सामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा तीन जना चिकित्सकसहित पर्सामा ४४ जना कोरोना संक्रमित थपिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

सँक्रमण देखिएका मध्ये नारायणी अस्पतालमै कार्यरत दुई जना डाक्टर रहेका छन् ।

वीरगञ्जकै अर्को एक अस्पतालमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका संक्रमित मध्ये ११ जना महिला छन् । संक्रमतिको उमेर १८ वर्षदेखि ७५ वर्ष छ ।

नारायणी अस्पताल र एडभान्स अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्समा समेत संक्रमण देखिएको छ ।

Leave A Reply

Your email address will not be published.