सरकारले दिन नसकेको खुशी एनिमल नेपाल र मञ्जुश्रीको सहयोग पाएपछि दंग मण्डल

0

राजविराज – सबै कुरा सरकारले घोषणा गरेकोजस्तो भएको भए सप्तरीको सुरुङ्गा नगरपालिका – ७ बसनपट्टीका ५२ वर्षीय दर्शन मण्डल नेपाल सरकारले सञ्चालन गरेको ‘गरिबको आवास’ योजना अन्तरगत २०७३ सालमै पक्की घरमा बस्न पाउनुपर्ने हो ।

तर, स्थानीय ठेगेदारको लापरबाहीले मण्डलको पक्की घरमा बस्ने चाहाना पूरा हुन सकेन । केवल इट्टा र टिन मात्रै अलपत्र अवस्थमा ल्याएर राखियो । वर्षौंदेखि जमिनदारको घरमा खेती किसानी गर्दै जिविकोपार्जन गरिरहेका मण्डललाई यसपछि पक्की घरमा बस्न आफ्नो भाग्यमा लेखेको नै रहेनछ भन्ने लाग्न थालिसकेको थियो ।

२०७६ सालमा उनै मण्डलको कहानी फेरियो । एनिमल नेपाल र रोटरी क्लब मञ्जुश्रीको पहल तथा आर्थिक सहयोगमा नयाँ घर बनेपछि आफूले नयाँ जीवन पाएको महसुस गरेको प्रतिक्रिया दिए । ‘म र मेरा परिवारका सबैजना खुशी छौं, सहयोगी हातहरुप्रती नमन ।’ चारदिशासँगको कुराकानीमा मण्डलले भने । उनको परिवारमा उनी सहित ५ सदस्य छन् ।

सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा गम्भीर लापरबाहीका कारण पक्की घरमा बस्ने सपना भताभुंग भएपनि एनिमल नेपाल र रोटरी क्लब मञ्जुश्रीको सहयोगमा बनेको नयाँ घरमा सरेपछि ‘ आफ्नो जीवनकालमा पक्की घरमा बस्ने सपना पूरा भएको छ । अब मेरो परिवारका सबै सदस्य घाम पानी र हावाहुरीको डरबाट मुक्त छौं । पक्की घरमा आफू र आफ्नो परिवारको जीवन सुरक्षीत भएको छ ।’ मण्डलले भने । नयाँ घरमा सरेपछि दंग छ मण्डल परिवार पनि ।

Leave A Reply

Your email address will not be published.