‘नयाँ प्रकारको शासन पद्धतिको सुरुवात गर्न ढिला भइसकेको छ’

0

सिद्वार्थ अधिकारी – हामी नेपालीहरु सदियौंदेखि एउटा स्वतन्त्र मुलुकको रुपमा देशका नागरिक रहेको विभिन्न इतिहासमा हामीले पढेका छौं हाम्रो देशको इतिहास आध्यात्मिक चिन्तन अथवा पूर्वीय दर्शनमा आधारित रहेको छ।

विश्वमा जब दर्शनको सुरुवात भयो पूर्वीय दर्शन र पाश्चात्यदर्शन पूर्वीय दर्शनमा आधारित रहेर हाम्रो देशको शासनपद्धति लामो समयसम्म राजतन्त्रात्मक रुपमा रहेको थियो गोपाल वंश लिच्छवी वंश मल्ल वंश शाहवंश लगायत धेरै प्रकारका पूर्वीय दर्शनमा आधारित शासन पद्धति हामीले भोग्दै आएको इतिहास छ देशमा हरेकपटक राजनीतिक उथलपुथल भएको विभिन्न किसिमका पर्वहरु विभिन्न किसिमका आन्दोलनहरू विभिन्न किसिमका संघर्षहरु विभिन्न किसिमका राजनैतिक परिवर्तन भएको तथा मुख्य रुपमा सन १७६८ मा नेपाल एकीकरण का नायक अर्थात राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले काठमाडौँ एकिकरण पश्चात बाइसे चौबिसे राज्यमा विभाजित भएका ससाना राज्यहरू एकीकरण प्रक्रिया भएको र टुक्रिएका राज्यहरू एकिकृत गरि बिशाल नेपालको एकीकरण प्रक्रिया अगाडिवबढेको थियो सन १७७५ मा पृथ्बी नारायण शाहको मृत्युपश्चात् प्रतापसिंह शाह राजगद्दीमा बस्न पुगे।

प्रतापसिंह शाह छोटो समयमा उनको मृत्यु भयो र नाबालक रणबहादुर शाह पढाइ वर्षको उमेरमा राजगद्दीमा बस्नुपर्ने बाध्यता त्यसपछी नायवी रणबहादुर शाह को आमा र काका बाहदुर शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान छ बहादुर शाहको पालामा पूर्व टिष्टा र पश्चिमका पहाडी काँगडासम्मको भूभाग नेपालको अधिनमा थियो उत्तर टाँसिहेल्पु र दक्षिण गण्डक गंगा काे संगम स्थल सम्म नेपालको सिमाना थियो त्यस्तैगरी १८१६ को असमान सुगौली सन्धि हुनगई एक तिहाई भूभाग नेपालले गुमाउनुपर्यो। त्यसपछि १८१६ देखि १८३६ सम्म नेपाल एउटा कसैको दबाबमा नरहेको स्वर्णिम युग मान्न सकिन्छ १८४६ मा जङ्गबहादुर राणाले विभिन्न खेल खेलेर राज्यसत्ता आफ्नो हातमा लिन पुगे १०४ वर्षसम्म नेपालको राजनीति राणा हरूको अधिनमा रहन पुग्यो सन् १९५० मा एउटा सन्धिबाट त्यो सन्धीको धारा ८ ले सन् १८१६ मा हामीले गुमाएको भूमि नेपालले फिर्ता पाउने गरी सो सन्धि भएको थियो तर विस्तारवादी भारतले उक्त सन्धीको कुनै प्रवाह नै गरेन र हाम्रा गुमेका भूमि फिर्ता दिने कुनै वास्तानै गरेन। यसै गरी नेपालको राजनीति विसं २००७ सालमा राणाशासनको अन्त्य भै प्रजातन्त्रको स्थापना भयो।

प्रजातन्त्र आयो तर राजनीतिमा अब्बल व्यक्ति नभएकै कारण हाम्रा देशका बहुमूल्य स्रोत साधनहरु छिमेकी मुलुकलाई सुम्पिने काम हो कोशी सम्झौता गण्डक सम्झौता लगायतका विभिन्न किसिमका सम्झौताहरु साे समयमा भएको देखिन्छ। विसं 2017 सालमा पञ्चायती व्यवस्थाको सुरुवात हो केही सकारात्मक कामहरु साे समयमा भएको देखियो। विभिन्न किसिमका उद्योगधन्दाहरु अाैध्योगिक क्षेत्र भयो साथै विभिन्न किसिमका राजमार्गहरु Corridor हरु विभिन्न देश र मैत्री सन्धि हरु कूटनीतिक पहल भएको थियो यसैगरी विसं 2046 सालमा एउटा आन्दोलनको सुरुवात स्वान दोलन प्रजातन्त्र प्राप्त का निमित्त भनिएतापनि देशलाई उभो लगाउने किसिमका काम भएको देखिएन। विसं २०५२ देखि सशस्त्र द्वन्द सुरु भयो । उक्त दण्डबाट २०६३ सालको परिवर्तन भयो। २०६४ सालमा संविधानसभाको चुनाव भयो त्यसले पनि संविधान निर्माण हुन सकेन र २०७० सालमा खिलराज रेग्मीको नेतृत्वमा कर्मचारीको सरकार बन्याे। विसं २०७२ साल मा प्राकृतिक प्रकोप अन्तर्गत वैशाख 12 गते महाविनाशकारी भूकम्पले सारा देश तहस नहस हुन पुग्यो।

विसं २०७२ असोज ३ गते सबैलाई मान्य नहुने खालको संविधानको निर्माण गरियो संविधान निर्माण भएपश्चात भारतले ठूलो विरोध जनाएको थियो र सोही समयमा भारतले नाकाबन्दी समेत गरी नेपालीलाई दुःख दिएको थियो संविधान निर्माण गरेपछि निर्वाचन भयो नेकपा-माओवादीक र नेकपा एमाले मिलेर चुनावी गठबन्धन गरे र दुईतिहाई बहुमतको नजिक-नजिक नेकपा पुग्यो सरकार गठन गरे तैपनि आपसी कलह विदेशीको भनेको भनेको मान्ने र विदेशीको गुलामी गर्नलाई तल्लीन नेपालका राजनीतिक दलका नेताहरु एकदमै गएगुज्रेको काम गर्दै नेपाली जनतालाई अहिलेसम्म दुख दिइरहेको स्थिती सर्वविदितै छ । अब नेपाली जनताले मिलेर नेपालको नयाँ किसिमको राजनीतिक अवस्था सिर्जना गर्नुपर्ने अवस्था आइसकेको छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मिलेर यो सर्वसत्तावादी विदेशीको दलाली तथा कथाकथित अहिलेको शासन पद्धतिलाई हटाएर नयाँ प्रकारको शासन पद्धतिको सुरुवात गर्न ढिला भइसकेको छ।

(लेखक अधिकारी सामाजिक अभियान्ता हुन् )

Leave A Reply

Your email address will not be published.