कोरोना अपडेटः संक्रमित १८ हजार २४१, निधन ४३, डिस्चार्ज १२ हजार ८४०

0

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रश्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको बुधबार (साउन ७ गते) मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै काठमाडौँका ५, महोत्तरीका १, पर्वतका ३, कास्कीका २, स्याङजाका १, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका १४, डढेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ तथा कञ्चनपुरका ३० जनामा कोरोना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे बताए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेकाे छ ।

हालसम्म देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत छन् ।

प्रवक्ता डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टा देशभर ३ हजार ४ सय ८१ जना पीसीआर परीक्षण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.