प्रधानमन्त्रीलाई भेटेर देउवाले गराए विशेष ध्यानाकर्षण

0

काठमाण्डौ – लकडाउन खुलेपछि संक्रमण थप फैलिन सक्ने अवस्थाको चुनौती सामना गर्नका लागि नयाँ र विशेष रणनीति ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस सभापछि शेरबहादुर देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोना र बाढी पहिरोबाट प्रभावितको राहतका लागि विशेष ध्यानाकर्षण गराएका हुन् ।

देउवाले प्रधानमन्त्री ओलीलाई परीक्षण पीसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गरी क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

यस्तै बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा धेरैको मृत्यु, अरु केही बेपत्ता र सयौँ घरबार बिहीन भएको भएकाले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले युद्धस्तरमा काम गर्नु पर्ने देउवाले बताए ।

Leave A Reply

Your email address will not be published.