देशमा रावण प्रवृत्ति हावी भएपछि राम नेपाल वा भारत जहाँ जन्मिए पनि के अर्थ ? अभियान्ता वाग्ले

0

काठमाण्डौ – भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतमा नभएर नेपालको ठोरीमै अयोध्या नेपालमै रहेको दाबी गरेपछि नेपाल र भारतमा नागरिक स्तरमै तरंग आएको छ ।

यस्तोमा राष्ट्रियताको पक्षमा खरो आवाज उठाउँदै आएकी सामाजिक अभियान्ता सिर्जना वाग्लेले देशमा रावण प्रवृत्ति हावी भएपछि भगवान श्रीराम नेपाल वा भारत जहाँ जन्मिएपनि त्यसको कुनै अर्थ नहुने टिप्पणी गरेकी छिन् ।

चारदिशासँग कुरा गर्दै अभियान्ता वाग्लेले भगवान श्रीराम नेपाल वा भारत कहाँ जन्मिएको भन्ने कुरा तथ्यहरु केलाएर निष्कर्षमा पुग्नुपर्ने उनको सुझाव छ ।

देशलाई धर्म निरपेक्ष घोषणा गर्न हतार गरेका अहिलेका दलहरूले भगवान राम नेपालमा जन्मिएको भनेर टिप्पणी गर्नुको नियत जे भएपनि त्यो धर्म निरपेक्षता बाट हिन्दू अधिराज्य तर्फको यात्राको रूपमा लिनुपर्ने अभियान्ता वाग्लेको दाबी छ ।

प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको दाबी गरेपनि त्यसको तथ्यको अनुसन्धानमा सरकार र पुरातत्त्व विभागले उचित ध्यान दिन नसकेको वाग्लेको आकलन छ ।

Leave A Reply

Your email address will not be published.