प्रधानमन्त्री ओली गणतन्त्र ध्वंस गर्न उद्यत रहेको बाबुरामको आरोप

0

काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टिका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र ध्वंस गर्न उद्यत रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवस मनाइरहँदा उनले ओलीले पुष्पलालको सपना पुरा नगर्ने समेत बताए ।

आज साँझ ट्वीट गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ओलीमाथि राष्ट्रपति, अदालत, अख्तियार, सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने गतिविधि गरेको आरोप लगाए । देशमा फासिवाद लाद्ने बाटोमा रहेको उनको टिप्पणी थियो ।

उनले ट्वीटमा भनेका छन्ः PLस्मृतिदिवसमा भन्नैपर्छ-KPOऐलेPLको सपना पूरा गर्न हैन PLले शिलान्यास गरेको र हाम्रो पुस्ताले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ध्वंसगर्न उद्यत छन्।राष्ट्रपति,अदालत,अख्तियार,सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा छन्।नझुकौं,लडौं!

Leave A Reply

Your email address will not be published.