नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु

0

कोरोनाबाट कुल मृतक संख्या ४२

काठमाण्डौ – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट विदेशी नागरिकको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विहान चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुने ४९ वर्षीया चिनियाँ महिला कामको सिलसिलामा पोखरामा बस्दै आएकी थिइन् । २ साउनमा स्वास्थ्यमा समस्या भएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आकस्मिक रुपमा हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल रिफर गरिएकोमा आज विहान मृत्यु भएको हो ।

यसैगरी, ६ साउनमा धनुषामा ६० वर्षीय निधन भएका पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार २ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २ साउनमा भर्ना भएका पुरुषको सघन उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

आज दुईजनाको मृत्यु पुष्टि भएसँगै संक्रमणबाट कुल मृतक संख्या ४२ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.