अन्तत: चार महिनापछि लकडाउन अन्त्य

0

काठमाण्डौ – सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज (मंगलबार) रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेबाट जारी लकडाउन आज रातीबाट अन्त्य भएको हो । उनले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा सरकारले लकडाउन अन्त्यको घोषणा गरेको हो ।

भोलिबाट जोर-बिजोर प्रणाली के हुन्छ ?

सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेसँगै यातायात सञ्चालनमा लागू भइरहेको जोर-विजोर प्रणाली के हुन्छ भन्नेबारे अन्योल कायमै रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले माथिको निर्णय प्राप्त नहुँदासम्म अहिलेकै व्यवस्था लागू हुने बताए। ‘भोलिसम्म निर्णय प्राप्त हुन्छ । त्यसपछि थाहा होला’, एसएसपी ढकालले भने ।

असार २६ गतेदेखि सबै प्रकारका छोटो दुरीका सवारी साधन सन्चालन गर्ने निर्णय भएको थियो। त्यसअघिदेखि निजी सवारी साधनखुला गरिएका थिए । तर जोर-बिजोर प्रणाली लागु हुँदै आएको छ ।

सरकारले लामो दुरीका सवारी साधन भने भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । लकडाउन अन्त्य भएको घोषणा गरिएपनि नेपालको अन्तर्राष्ट्रिय सिमामाथीको प्रतिबन्ध साउन ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । होटल तथा रेस्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि खुल्ने निर्णय भएको छ ।

Leave A Reply

Your email address will not be published.