नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित

0

काठमाण्डौ – आइतबारको लागी तय भएको सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । स्थायी कमिटि बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपाले जनाएको छ ।

आइतबार नेकपाको स्थायी कमिटि बैठकमा आउँदो मंसिरमा महाधिवेशन गर्ने सम्बन्धी प्रस्ताव औपचारिक रुपमा पेश हुने सम्भावना रहेको बताइएको थियो । तर बैठक नै स्थगित भयो ।

केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाएको खबर आएको थियो । तर प्रचण्डले आफू पक्षका नेतासँग आइतबार खुमलटारमा आफूले कुनै सहमति नगरेको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.