नेपालको जनसंख्या आधा घट्ने

0

काठमाण्डौ – यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ ।

बीबीसीका अनुसार हाल नेपालको जनसंख्या तीन करोड रहेको छ । सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै गएर सन् २१०० मा पुग्दा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ ।

विश्वभरि शिक्षामा भएको प्रगति अनि महिलाहरूको सशक्तिकरणजस्ता विभिन्न कारणले कुल प्रजनन दर अर्थात् एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घटिरहेकोले यस्तो अवस्था आइपर्न लागेको सो प्रतिवेदनमा उल्लेख छ ।

हाल नेपालमा कुल प्रजनन दर २.२४ प्रतिशत रहेकोमा त्यो अब घट्दै जाने र सन् २१०० सम्म पुग्दा १.२० प्रतिशत पुग्ने प्रक्षेपणमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.