देशभर झरीको सम्भावना, सतर्क रहन महाशाखाको अपिल

0

काठमाण्डौ – अबको केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा तथा बदली भएको हो ।

यस्तै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

यसैबिच लगातार पानी परेका कारण काठमाडौँ उपत्यकाका विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खुसहितका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ, गोरखा, कास्की, दाङ, कैलानी, कञ्चनपुर, डोटीसहितका जिल्लामा मध्यमदेखि भारी वर्षा भएको छ । सोही कारण ती क्षेत्रका साना नदीमा आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.