नेकपा विवाद: प्रधानमन्त्रीले आफू निकट नेतालाई बालुवाटार बोलाए

0

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूनिकट नेताहरुलाई बालुवाटार बोलाएका छन् । आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटवार्तापछि प्रधानमन्त्रीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।

बिहीबार साँझ प्रधानमन्त्री अ‍ोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेल र सांसदहरुलाई बालुवाटारमा बोलाएको स्रोतले जानकारी दियो ।

आज अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्ने भएका हुन् । आफू प्रधानमन्त्रीबाट राजीनामा नदिने अडान कसिरहेका बेला नेकपा अध्यक्ष र वरिष्ठ नेताहरुले राजीनामा माग्न थालेपछि थप दबाबमा परेका छन् ।

प्रधानमन्त्रीले भोली बस्ने नेकपा स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेताहरुसँग छलफल गर्ने भएका हुन् । असार २० गतेबाट स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक भोली बालुवाटारमा बस्दैछ ।

भोलीको बैठकमा प्रधानमन्त्रीले सदस्यहरुको जवाफको सामना गर्नुपर्ने नेकपाका नेताहरु बताउँछन् । उनले दुई पदमध्य एक पद छोड्नुपर्ने स्थायी कमिटी सदस्यहरुको अडान छ ।

Leave A Reply

Your email address will not be published.