‘अब ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं !’: डा. बाबुराम भट्टराई

0

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता, सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने भन्दै उपचार खोज्न आग्ह गरेका छन् । ‘अयोध्या नेपालमा रहेको र राम नेपाली राजकुमार थिए’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्,‘अति गरे खति हुन्छ भन्छन्!प्रम @kpsharmaoli  का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!’

Leave A Reply

Your email address will not be published.