संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता

0

संखुवासभा – संखुवासभामा पहिरोले एउटा गाउँ नै बगाएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँदा ७ वटा घर बगाएको हो ।

पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । ३ जनालाई जवितै उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा–आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको अर्को टोली पनि घटनास्थल जाने तयारी गरेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.