थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

0

काठमाडाैँ – नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेकाे विवरण अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे कुल संख्या १६ हजार ८ सय १ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ५ सय ८९ ना घर फर्केका छन् । पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.