बाढी-पहिरोको बितण्डाः राजधानी जोड्ने सडक सञ्जाल टुट्यो

0

म्याग्दीमा ३२ जना बेपत्ता

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशभर तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । महाशाखाअन्र्तगतको बाढी पूर्वसूचना केन्द्रले केन्द्रले आगामी तीन दिनसम्म देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने छ । त्यस्तै सूचना केन्द्रले नारायणीमा जलसतह खतरा पार गरेको जनाएको छ ।

हाल नारायणी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र थप बढ्न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा राति सम्मै सतर्कता अपनाउन आग्रह गरेको छ । आज प्रदेश १, २, ५, बागमती प्रदेशको चुरे र तराई भई बहने साना नदीमाआकस्मिक बहावको संभावना रहेको रभारतीय सीमा आसपासमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

बाढी पूर्वसूचना केन्द्रकाअनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

त्यस्तै आज बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको पुल बाढीले बगाएको छ । त्यस्तै म्याग्दीमा पहिरोले ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएका हुन् ।

काठमाडौं जोड्ने सकड सञ्जाल तोडियोः

त्यस्तै पहिरोले काठमाडौं जोड्ने तीन वटा राजमार्ग अवरुद्ध भएको छ । आज राती गएको पहिरोले पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन् ।

पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाएर यातायात सुचारु गर्नै तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.