नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

असार २६ गतेका लागि बोलाइएको बैठक पुनः स्थगित भएको हो । असार २० गतेबाट नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आइरहेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर जारी भेटवार्ताले पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा बैठक स्थगित हुँदै आइरहेको छ । स्थायी कमिटी सदस्यहरुले अ‍ोलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

विवाद समाधानका लागि ओली र प्रचण्डबीच निरन्तर छलफल जारी रहे पनि समाधान गर्न सकेका छैनन् । ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि पार्टीभित्रको विवाद थप चर्किएको हो ।

निरन्तर बैठक स्थगित हुँदै आएपछि रुष्ट बनेका दोस्रो तहका नेताहरुले छलफललाई तिव्रता दिँदै आएका छन् । उनीहरुले दुवै अध्यक्षले समस्या समाधान गरेर चाँडै बैठक बोलाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.