बालुवाटारमा अ‍ोली र प्रचण्डबीच तीन घण्टा वार्ता

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।

पाार्टीभित्र देखिएको विवाद समाधान गर्न बसेको दुई अध्यक्षबीचको बैठक सकारात्मक रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

दुई अध्यक्षबीच शुक्रबार तीन घण्टा भएको छलफलमा नेकपा महासचिव विष्णु पौडेल र नेकपा नेता जनार्दन शर्मा सहभागी थिए ।

बैठकले उपर्युक्त निष्कर्ष निकाल्न नसकेकाले शनिबारको स्याथी कमिटी बैठक अगाडि पुनः एकपटक छलफल गर्ने सहमति भएको छ ।

 ‘आजको बैठकले ठोस किष्कर्ष निकाल्न सकेन । भोली बिहान पुनः एक पटक बैठक बसौं भन्नु भएको छ’, नेकपाका एक नेताले भने ।

स्थायी कमिटी बैठकमा स्थायी समिति सदस्यहरुले प्धानमन्त्री अ‍ोलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद थप जटिल बन्दै गइरहेको छ ।

Leave A Reply

Your email address will not be published.