निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक छैन् : प्रधानमन्त्री ओली

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनको लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोग आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे जानकार रहेको पनि बताएका थिए । उनले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्नेगरी ल्याइएको विधेयक सरकारले अगाडि नबढाउने बचन समेत दिए ।

Leave A Reply

Your email address will not be published.