कोरोना संक्रमित संख्या १३ हजार नाघ्यो, आज ४७६ संक्रमित थपिए

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ जना पुगेको छ ।

१० हजार ८५ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ७ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.