कोरोना भाइरसविरुद्धको खोप देखि उपचारको विकास कति सफल

0

प्रभात सिंह: विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । चीनको वुहान शहरबाट शुरुभएको भाइरस विश्वभर फैलिएको छ । सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । केही देशहरु सामाजिक दूरी कायम गर्दै लकडाउन खुकुलो समेत गरेको छ । तर, खुकुलो बनाइएको देशहरुमा संक्रमण दर अत्यधिक देखिएको छ । कतिपय देशहरुले पुनः लकडाउन गर्न बाध्य भएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण दर दिनप्रति दिन खतरनाक भइरहेकोमा सचेत हुन औल्याएको छ । भाइरस दूई चरणमा आउने समेत पहिले स्पष्ट भएको थियो । पहिलो चरणको अन्त्य हँदै गर्दा दास्रो चरणको प्रारम्भ हुने जनाइएको छ । पहिलो चरणमा लाखौँ मानिसको मृत्यु भएको छ र झण्डै करोडौँ मानिस संक्रमित भएका छन् ।

दोस्रो चरणको भाइरसले भयावह अवस्था ल्याउन सक्ने बुझिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई स्पेनिस फ्लुसँग तुलना गरेको छ । उसले दोस्रो लहर आउन बाँकी नै रहेको भन्दै स्पेनिस फ्लुकै शैलीमा महामारीको दोस्रो लहर आएमा दशौं लाखको ज्यान जाने चेतावनी दिएको छ । विभिन्न देशले कोरोना भाइरसको औषधी र खोप छिट्टै ल्याउने दाबी गरेका छन् । खोप निर्माण गर्न देशहरु तीव्र गतीमा लागी परेको छन् । क्लानीकल परिक्षणहरु केही सकारात्मक र केही नकारात्मक देखिएको छ । सन् २०२० वा २०२१ सम्ममा खोप आउने भनिएको छ ।

१. कोरोना भाइरस संक्रमित वृद्धिदर निरन्तर उकालोः भाइरसको संक्रमण र मृत्युको दरमा भने कमि आएको छैन् । महिनौँ देखि जारी महामारीले अवस्था सोचे भन्दा बढी भयावह बनाउँदै गएको छ । औषधी र खोपको निर्माण भइरहँदा यसले पूर्णता पाउन सकेको छ्रन् । विभिन्न खोपहरुको मानव परिक्षण समेत भइरहेको जनाइएको छ । तर, अहिलेसम्म कुनै देशले भाइरसको खोपका निर्माण गरिसकेको दाबी गर्न सकेको छैन्।

२. कहिलेसम्म भ्याक्सिनको निर्माण हुनसक्ने : कोरोना भाइरसको भ्याक्सिनको निर्माण करिब एक सय १० देशहरु अग्रसर देखिएका छन् । त्यसमध्ये तीन समूहले तेस्रो चरणको क्लीनीकल परिक्षण शुरु गरेको जनाइएको छ । भाइरस निर्माण गर्ने कम्पनीको दौडमा रहेका अक्सफर्ड एस्ट्रनेजेनेका, क्यानसिनो बायोटक र मोर्डना इंकले वित्रिन्न देशहरुमा ठूलो मात्रामा परिक्षण गर्ने योजना सार्वजनिक गरेको छ । त्यसैगरी इम्पेरियल कलेज अफ लन्डनले कोरोनाविरुद्वको भ्याक्सिनको मावन परिक्षणको पहिलो चरण शुरु गरिसकेको छ । डिसम्बको अन्त्य सम्मा कोरानाविरुद्वको भ्याक्सिन निर्माण भइसक्ने कलेजको विश्वास रहेको छ । विभिन्न परिक्षणहरु अनुसन्धानको क्रममा रहेका छ ।

३.कोरोनाविरुद्व औषधी र उपचारः विश्वभर अनीयन्त्रित गतिमा फैलिरहेको भाइरसको उपचारमा चिकित्समहरुले अन्यौल मै गरिएको बुझिन्छ । भाइरसविरुद्वको भ्याक्सिन नभएको कारण विश्वको सम्पूर्ण चिकित्सकहरुले प्रयोगात्मक औषधीहरुलाई प्रयोगमा ल्याएको बताएका छन् । यसको रोकथाम र नियन्त्रण गर्न विभिन्न रणनितिहरु तयार पारी प्रयोगमा ल्याएको जनाइएको छ ।

४. डेक्सामेथासोन : कम लागतको डेक्सामेथासोन स्टेरोइड औषधी, सामान्यतय सूजनको उपचारको लागी प्रयोग गरिने गर्दछ । डेक्सामेथासोनलाई अन्तिम चरणमा रहेको कोरोना संक्रमित मानिसमा फलदायी हुने अुनमान गरिएको छ । उक्त औषधीले संक्रमित व्यक्तिको घटाउन प्रभावकारी हुने जनाइएकोे छ । उक्त औषधीको विभिन्न अनुसन्धान भइरहेको बताइएको छ ।

५. फविपिराविर : फविपिराविरलाई टि ७०५ वा अभिगान भनेर मेडिकल समूदायले सम्बोधीत गर्ने गर्दछ । उक्त औषधीलाई जापानमा फैलिएको इन्फ्लूएन्जाविरुद्व प्रयोग गरिएको थियो । कोरोना विद्वको उक्त औषाधीलाई चीनले अुनसन्धान गरिएको थियो । संक्रमित व्यक्तिमाथि उक्त औषधी प्रयोग गर्दा चार दिन भित्रमा संक्रमण नेगेटिभ देखा परेको जनाइएको छ भने ९१ प्रतिशत संक्रमितको फेक्सोमा सुभार भएको जनाइएको छ ।

६.ग्लेनमार्कले फाविफ्लू औषधीलाई भारत आपूर्ती गर्ने : फर्मास्युटिकल जाइन्ट ग्लेनमार्क कम्पनीलाई कोरोना विरुद्वको भ्याक्सिन अन्य देशहरुमा आपूर्ती गराउन अुनमति पाईसकेको छ । फाविफ्लू नाम गरेको औषधीलाई कारोनाविरुद्व प्रयाृग गर्न अुनमति पाएको हो। मधुमेह र उच्च रक्तचाप भएको कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधी निकै प्रभावकारी हुने दाबी कम्पनिको रहेको छ । फर्मले यसको मूल्य १०३ रुपैँया तोकेको छ ।

७. रेमडेसिभिरः रेमडेसिभिर कोरोना भाइरसविरुद्व अर्को प्रभावकारी औषधी मानिएको छ । उक्त औषधी कोरोना संक्रमित व्यक्तिमाथि प्रयोगात्मक औषधीको रुपमा प्रयोग गरिएको छ । एन्टी भाइरल औषधीको प्रारम्भीक परिक्षणहरुमा अन्य औषधीमा छिटो असर गर्ने र प्रभावकारी सावित भएको जनाइएको छ । औषधीको संक्रमण रोक्न क्रम भने निकै असरदार रहेको जनाइएको छ । प्रयोगात्मक औषधी भएको कारण यसलाई ठूलो संख्या परिक्षण र अनुसन्धान गर्न बाँकी रहेको बुझिएको छ।

८. कन्भलेसेन्ट प्याजमा थेरेपी (सीपीटि): कोरोना संक्रमित व्यक्तिको व्लड सेललाई उक्त थेरेपीबाट निरिक्षण गरिन्छ । यस थेरेपी उच्च जोखिममा रहेका संक्रमित देखि कम जोखिममा रहेका व्यक्तिसम्मलाई प्रभावकारी हुने जनाइएको छ । संक्रमित व्यक्तिको शरीरमा उक्त थेरेपीबाट एन्टीबडी ट्रन्सफ्यूजन गरिन्छ । जसकारण संक्रमित व्यक्तिको प्रतिरक्षा प्रणालीलाई कोरोनाविरुद्व लड्न मद्दत पुर्याउने गर्दछ । दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई समेत उक्त थेरेपी दिइएको थियो ।

९. बाबा रामदेवका कम्जनी पतञ्जलीद्वारा निर्मित कोरानिलः कारोनिल नाम गरेको औषधीलाई पतञ्जली कम्पनीले निर्माण गरेको हो । यसले पूर्ण रुपमा कोरानाविरुद्व लड्न सक्ने विषय कम्पनीका सीइओ स्वामी बाल कृष्णले बताएका थिए । उक्त खोपको प्रचार बाबाबाट हुन थालेको थियो । विना प्रमाण औषधी निर्माण गरेको र उक्त औषधीको प्रचार प्रसार लगत ढ्रगले गरेको कारण आयूष मन्त्रालयले रोक समेत लगाएको छ । यसको सम्पूर्ण विवरण र मापडण्डको आधार पेश नगरुञ्जेल यसमाथि रोक लगाइएको छ । पतञ्जलीले निर्माण गरेको औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई बल दिन मद्दत पुर्याउँदछ । कोरोनाविरुद्व यसले कुनै भूमिका खेल्न नसक्ने जनाइएको छ ।

भ्याक्सिनको पूर्ण रुपमा औचिारिक घोषण कुनै देशले गर्न सकेको छैन् । यसको निर्माणमा विश्वनै लागिपरेको छ । सन् २०२०को अन्त्यमा वा २०२१ को सुरुवातमा भ्याक्सिन निर्माण अुने अनुमान गरिएको छ ।-एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.