काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः असार १२ गते बस्नेगरी स्थगित भएको ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए । बैठकमा अध्यक्ष अोलीले सरकारले गरेका राम्रा कामको चर्चा हुन नसकेको बताएका थिए । भने अर्का अध्यक्ष प्रचण्डले जनतामा सरकारप्रति निराशा छाएको बताएका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पुनः असार १२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । उनले आजको बैठकले आगामी बैठकका एजेन्डा पारित गरेको बताए ।
त्यस्तै आजको बैठकमा दुई वटा एजेण्डा थप भएका छन् । प्रवक्ता श्रेष्ठले नागरिकता विधेयक र पश्चिम रुकुममा भएको जातीय नरसंहारको घटना बैठकका एजेण्डा बनेको जानकारी दिए ।
‘कोरोनाको कारण कर्मचारीको बैठक र प्रोत्साहन भत्ता काट्यौ, अब प्रदेश तथा संघीय सांसदको पनि भत्ता नलिनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने लगायत विविध विषयहरु एजेण्डामा आएका छन्,’ श्रेष्ठले भने ।