काठमाण्डौं – नेपालमा थप ६२९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार ३३८ पुगेको छ ।
८३६६ जना आइसोलेसनमा रहेको उनले बताए । त्यस्तै काठमाडौं उपत्यकामा १३ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ६ हजार ८२८ जनाको पिसिआर परीक्षण गरिएको छ ।
उनले आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ७८६३९ रहेको जानकारी दिए ।