४२१ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो

0

काठमाण्डौं – नेपालमा आज कोरोना भाइरसका ४ सय २१ जना संक्रमित थपिएका छन् । आज संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमितमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० महिला छन् ।

आज थपिएकासँगै कुल संक्रमित पत्ता लागेको जिल्ला ७५ पुगेको छ । अहिलेसम्म संक्रमणबाट २३ जनाको मृत्यु भएको तथ्यांक छ ।

यसअघि हिजो कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको थियो । जसमध्ये महिला ७ सय ७ र पुरुष ७ हजार ५ सय ६७ थिए ।

Leave A Reply

Your email address will not be published.