योगको अर्थनीती बुझे नेपाल स्वर्ग बन्न सक्छ

0

ओम शर्मा , बेल्जियम ,

दुई बर्ष अघि ॠषिकेशको योगपिठ ( योगा स्कुल ) मा योगा टिचर्स ट्रेनिङ्ग (योग शिक्षक) को दिक्षान्त समारोहमा लिएको फोटो फेसबूकमा देखेर युरोपमा बस्ने केही नेपाली साथीहरुले योगा भनेको के हो सर भनेर सोध्नु भयो । उहाहरुलाई दिएको उत्तर त याद भएन तर प्रश्नले भने सधैं घोची रहन्छ ।

विश्वलाई बिज्ञानको बिकास र सामाजिक सभ्यताको उचाईमा पुर्‍याउन बैदिक ज्ञानले जुन योगदान गरेको छ् त्यसको आज पनि युरोप अमेरिकाको बिद्वतबर्गले सम्मान गर्ने गरेको छ । तर जहाँबाट मानब जीबनलाई सुखी र सम्पन्न बनाउने योग र ध्यानको सुरुवात भयो र त्यसकै प्रभाबले बुद्ध , महाबीर, गोरखनाथ कबिर र ओशो जस्ता महामानबहरुको उदय भयो र उनीहरुका देशनाले मानब चेतनाले उचाइ प्राप्त गर्‍यो, त्यहिका बासिन्दालाई योग र ध्यानको बारेमा थाहानै नहुनु भनेको हाम्रो सामाजिक सम्रचना भित्रको कमजोरीको उदाहरण हो ।

हामीले प्राप्त गरेको शिक्षा र त्यसले निर्माण गरेको सामाजिक चेतनाको मापन गर्ने हो भने आज नेपालले जुन गरिबी , बिभेद र हिंसा अनि बलात्कार जस्ता बिक्रिती भोगी रहेको छ त्यसको कारक हामीले प्राप्त गरेको नक्कली, आडम्बरी हिंसक प्रतिष्पर्धाको शिक्षानै हो । देशलाई दिशानिर्देश् गर्ने भनिएको नेत्रित्वको जीबनचर्या र त्यो पुरा गर्नको लागि उनीहरुले गर्ने भ्रष्टाचारको जग पनि गलत शिक्षा र गलत सामाजिक मान्याताले नै तयार गर्ने हो । हामीले नारामा ”बसुधैब कुटुम्बकम” भने पनि आजको नेपाली समाजको मानसपटलमा त्यसको कुनै छनक भेटाउन् सकिदैन, त्यस बिपरित कसरी आफु मात्र सप्म्पन्न र सुखी बन्ने प्रतिपर्धा ब्याप्त छ र त्यसले भ्रस्टाचार, अन्याय र हिंशा जस्ता महारोग फैलाएको छ् ।

किन मानिस मानबीय गुणको बिकास गर्नुको साटो जँगली स्वभाब अपनाई रहेको छ र त्यसबाट आफु पनि पीडित छ् र समाजलाई पनि दु:खको सागरमा धकेल्दै छ ? भन्ने बिषयको मुल्याङ्कन आजको पुष्ताले गर्न सकेन भने भबिष्यमा मानब जातीले ठुलो मुल्य चुकाउनु पर्ने निष्चित छ् । अरुलाई लुटेर आफु शक्तिशाली बन्ने जुन सोसियल इन्जिनियरिङ्ले काम गरी रहेको छ त्यसलाई बदल्न नयाँ सोचको बिकास गर्नु बाहेक प्रिथिबीलाइ दिर्घजीबी र प्राणीजगतलाई सुखी राख्न अर्को कुनै उपाय देखिदैन ।

भौतिक सम्पनता र बिज्ञानको प्रगतिले विश्वलाई सुखी बनाउन जती प्रयास गर्छ त्यतिनै मात्रामा वा त्यो भन्दा बढी दुष्प्रभाब पनि पारी रहेको छ । हामीले तत्कालिन सुख र बासनाको तृप्‍तिका लागि चराचर जगतलाई कती सम्म अत्याचार गरेको रहेछौ, प्रिथिबी कती आक्रान्त बनेको रहेछ केही महिनाको बन्दाबन्दीमा सबैले देख्यौ , बुझ्यौ ।

धर्मको नाममा जनतालाई बिभाजित गर्ने नरेन्द्र मोदी , “अमेरिका फर्स्ट , व्हाइत पिपुल आर ग्रेट” भन्ने डोनाल्र्ड ट्रम्प किन चुनाव जीतिरहेका छन । कस्तो दिमाखले उनीहरुलाई निर्बाचित गरीरहेको छ ? मानिस् खाना नपाएर मरीरहेको छ, खरबौ खरब् डलर हातहतियार बनाउन गर्बका साथ खर्च भैरहेको छ , यस पछाडीको मनोबिज्ञान कसरी तयार भयो ?

देश जती सम्पन भयो त्यतिकै बढी ती देशहरुमा डिप्रेशनको औषधी सेबन गर्ने, आत्महत्या गर्ने मानिस् बढी रहेको अध्ययनहरुले देखाइ रहेका छन , यि सबै कुराको निराकरण गर्न अहिले संसारमा चली रहेका राजनितिक ब्यबस्था , शैक्षिक प्रणाली वा सामाजिक चिन्तन असफल भैसकेको छ ।

जती प्रयास गर्दा पनि किन मानिसले खुशी भेटी रहेको छैन , खुशी हुने उपाय खोज्ने होडबाजीमा विश्व झन धेरै आशान्त बन्दै गैरहेको छ् । आफ्नो फाईदाको लागि अरुलाई प्रक्षेपण गरिने बिचारले जब संस्कारको रुप लिन्छन हामी सोच्न पनि सकिरहेका हुँदैनौ के कारणले हामी , हाम्रो परिवार र देशले दु:ख पाइरहेको छ । हो त्यही कारण पत्ता लगाउने प्रमाणिक शैली हो योग ।

सन्स्क्रित शब्द योगको अर्थ जोड्नु हो । शरीरलाई मन र मनलाई आत्मा सँग जोड्ने बिज्ञान । जीबनलाई प्रक्रिती सँग र प्रकृतिलाई ब्रह्माण्ड सँग । मानिसलाई मानिस सँग जोड्ने उर्जाको पहिचान, जगतले दिब्यता र शक्ती पाउने अभ्यास । त्यही शक्तीलाई चिन्न नसक्दा जीबन भरी संगै हुँदा पनि श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई चिन्न सक्दैन र सधैं एक अर्का सँग असन्टुष्ट रहन्छन । एकले अर्काको अधिकारको पुर्ती नगरेको आरोप र गुनासो सधैं हुन्छ । दुबैको योगको चिन्तन वा एकताको भाबनालाई जोड्न सकियो भने घर सुखी हुन्छ , घर सुखी भए गाऊ र गाऊ सुखी भए देश अनि विश्व ।

शिबशुत्र र बिज्ञान भैरब तन्त्रमा भगवान शिवद्वारा बर्णन गरिएका बिधिलाई महर्षी पतंजलीले योग, आयुर्बेद र व्याकरण गरी तीन अलग अलग बिधामा करिब् आठ हजार बर्ष पहिले तयार गर्नु भएको थियो । यसियामा इशा पूर्व ३३०० बर्ष पहिले बिकास भएका हिन्दू घाटी शभ्यता र त्यस पूर्वको मेसोपोटामिया शभ्यतामा पनि योगको अभ्यास हुने गरेको तथ्यहरु छन । नेपालमा बिभिन्न कालखन्डमा ऋषिमुनिहरुले योग र ध्यानको माध्यमले मनुष्य जातीलाई उद्धार गरेको र सुखमय बनाएको थुप्रै घटनाहरु छन ।

बिशेष गरी नेपाल रोग र भोकले पीडित भएर पलायनको अवस्थामा पुगेको बेला गुरु मत्स्यन्द्रनाथ र गुरु गोरखनाथले योग र ध्यानको प्रचार गरेर नेपाललाई स्थायित्व दिएको र सामाजिक एकता कायम गराएको ईतिहास छ। आज पनि हामी भोटेजात्र गरेर उहाहरुको सम्मान गर्दछौ । संसारले नेपालीलाई चिन्ने गोर्खा शब्द र गोर्खा जिल्लाको नाम गुरु गोरखनाथको सम्मानमा हामीले राखेका हौ , वास्तवमा नेपाली जातीको जग योग र ध्यानले खडा गरेको हो ।

मानब शरीर पञ्चभौतिक तत्वले बनेको हुन्छ , ति तत्वहरु घटिबढी हुनुलाई हामी रोग लागेको भन्छौ । पाँच तत्वलाई सन्तुलन राख्न र शरीर र मनलाई स्वस्थ् राख्न योगले सहयोग गर्दछ ।

ठुला ठुला क्रान्ति भन्दा सरल जीबन पद्धतीका चिन्तनको बिकास गर्न सके संसारले रामराज्यको अनुभब गर्न पाउने छ । आधुनिक मानबजातीले आदर्श पुरुष मान्ने महात्म गान्धी अब्रहाम लिन्कनले धेरै ठुलो संघर्ष र बलिदानले दशकौ अघि परिवर्तन गरेको समाजमा उग्रबादी र बिभाजनकारी सोचका ट्रम्प र मोदीहरु शक्तिशाली भएर आउनुको कारण पनि योगमा होइन बिभाजनमा फाईदा देख्नेहरुको सामुहिक निर्णय हो ।

हाम्रो जस्तो सानो देशले विश्व राजनीतिलाई बदल्न् सक्दैन होला तर योग र ध्यानको माध्यमले विश्वको मानबीय चेतनालाई प्रेमपूर्ण र सौहार्द् बनाउन अबस्य सक्छौ । मानिसको सोच प्रेमिल भयो भने हातहथियारको होडबाजी अन्त्य भएर समाजमा शान्ती र सद्भाबको बिकास हुन्छ ।

सिधा न स्वीकारे पनि विश्वब्यबस्था आफ्नो पकडमा राख्न अनेक तिक्डम गरिरहेका युरोप अमेरिकाले पुर्बीय योग र ध्यानबाट निर्देशित जीबन पद्धती सहि भएको महशुस गरी सकेका छन । संयुक्त राष्ट्र संघको महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा घोषणा गर्नुले पनि प्रिथिबीलाई बचाउन रासायनिक प्रयोगशाला भन्दा योगशालाले सक्छन भन्नेनै हो । यही तथ्यलाई प्रक्रितीको प्रेम पाएको नेपाल जस्तो देशले बुझ्न् सक्यो भने एमसीसी नामको पचास अरबको भिख माग्न देश भित्रै लडाईं गर्नु पर्दैन पचासौ खरब देश भित्र स्वत: भित्र्याउन सकिन्छ । पोखरा र काठमान्डौमा देह ब्यापार खुला खुला गर्ने कि ! भन्ने पाखण्डी बहस पनि गर्नु पर्दैन , शिवपुरी , नागार्जुन सरान्कोटमा योगापिठ, योगशाला खोले पुग्छ । अमेरिकामा मात्र एक बर्षमा करिब् १२ बिलियन डलर योगा स्कुलहरुले कमाउछन ।

विश्वमा बढी रहेको मानसिक तनाब र सारिरिक ब्याधिको सुपथ र दिर्घकालिन निराकरण योग र ध्यानबाट मात्र सम्भब छ । नेपाल शान्त र समुन्नत बन्न पनि हामी सँग भएको यही ज्ञानको प्रयोग र प्रचार गर्न आबस्यक छ ।

Leave A Reply

Your email address will not be published.